Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शिक्षासहित दुईवटा समितिको बैठक बस्दै – Lekhanpeeth

शिक्षासहित दुईवटा समितिको बैठक बस्दै

Share:

काठमान्डौ/संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

 

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसङ्ख्याको अवस्था सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।

Share: