
काठमान्डौ/मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको हो । दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।