Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भोलि र पर्सि पानी पर्ने – Lekhanpeeth

भोलि र पर्सि पानी पर्ने

235
0
Share:

काठमान्डौ/बुधबारदेखि पुनः दुई दिन पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान पूर्वानूमान महाशाखाका अनुसार बुधबार र बिहीबार दुई दिन झरी पर्ने र त्यसको प्रभाव कोशी प्रदेशमा बढी हुनेछ।

 

देश वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना रहेपनि कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ। यस्तै, बागमती र गण्डकी प्रदेशसम्म पानी परेपनि लगातार झरी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। महाशाखा लागतारको झरी नपरेपनि पहिरोको सम्भावना रहेकाले यात्रा गर्दा सजगता अपना आग्ह गरेको छ।

 

महाशाखाले जनाएअनुसार बुधबार यो प्रणालीको प्रभाव बढी देखिने छ भने काठमाडौं उपत्यकामा आजै अपराह्नपछि यसको असर देखिन सुरु हुनेछ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Share: