प्रधानमन्त्री ओलीसँग बंगलादेशकी मन्त्री हसनको भेटवार्ता

101
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन्।

 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

 

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए।

Share: