Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत – Lekhanpeeth

अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत

173
0
Share:

काठमान्डौ/अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत कायम हुने देखिएको छ। सञ्चारमाध्यमहरुले हालसम्म एक सयमध्ये ५१ सिटमा सो पार्टीले जित्ने प्रक्षेपण गरेका छन्।

यसअघि सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत थियो। सो पार्टीले ५१ सिट जितेको थियो। तर, यसपटकको चुनावमा रिपब्लिकन पार्टीले नतिजा उल्ट्याएको हो।

 

 

त्यसका लागि ओहायोमा बर्नी मोरेनो, वेस्ट भर्जिनियामा जिम जस्टिस र नेब्रास्कामा डेब फिसरले महत्त्वपूर्ण जित हात पारे। कानुन बनाउन मात्र होइन, नयाँ राष्ट्रपतिको प्रशासनका महत्त्वपूर्ण पदमा नियुक्तिमा पनि सिनेटको भूमिका निर्णायक हुने गर्छ।

 

यसपटकको चुनावपछि सिनेटमा पहिलोपटक दुई अश्वेत महिला हुने भएका छन्। डेलावेयरबाट लिजा ब्लन्ट रोचेस्टर र मेरिल्यान्डबाट एन्जेला अल्सोब्रुक्स। दुवै डेमोक्र्याटिक हुन्।

Share: