खोला किनारको मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन

72
0
Share:

काठमान्डौ/सडक र खोला मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिवास गर्ने मापदण्ड आवश्यक नरहेको भन्दै आज (बिहीबार) माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

 

मापदण्ड खारेजको माग गर्दै र्‍यालीसहित खबरदारी कार्यक्रम गरिएको उनीहरूले बताएका छन् । सुमन सायमी लगायतको अगुवाइमा बागमती नदी किनारबाट र्‍याली शुरू भई माइतीघर मण्डल पुगेको हो ।

 

तिन पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

 

Share: