Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकाको क्यालिफिर्नियामा शक्तिशाली भूकम्प – Lekhanpeeth

अमेरिकाको क्यालिफिर्नियामा शक्तिशाली भूकम्प

217
0
Share:

काठमान्डौ/अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेक्षणले ७ म्याग्निच्योडको भूकम्पको गएको बताएको हो।

 

भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुनामीको चेतावनी दिइएको थियो। तर पछि सो चेतावनी हटाइएको थियो। यो क्षेत्रमा झण्डै ४७ लाख मानिसको बसोबास रहेको छ।

 

भूकम्पको केन्द्रबिन्दु क्यालिफोर्नियाको फर्न्डेल सहरको नजिक बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय क्षति भएको छैन। साथै ठूलो भौतिक संरचनाको क्षति भएको विवरण पनि प्राप्त नभएको बताइएको छ।

 

तर केही घर तथा मार्टहरुमा सामान्य क्षति पुगेको छ । मार्टहरुमा राखिएका सामानहरु खस्नुका साथै छोटो समय विद्युत अवरुद्ध भएको थियो।

Share: