Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिरिया बिद्रोह : इटालीका राजदूत निवासबाट कार चोरी – Lekhanpeeth

सिरिया बिद्रोह : इटालीका राजदूत निवासबाट कार चोरी

174
0
Share:

काठमान्डौ/सिरियामा इटालीका राजदूतको निवासबाट कार चोरी भएको छ । इटालीका विदेश मन्त्रीका अनुसार सशस्त्र समूहका सदस्यले दमास्कसमा इटालियन राजदूतको बगैंचामा प्रवेश गरी तीनवटा कार चोरेको छन ।

 

विपक्षी सेनाहरूले उनीहरूले शहर कब्जा गरेको बताएको केही समय पछाडी सो कार चोरी भएको हो ।

 

‘आज बिहान एउटा सशस्त्र समूह इटालीका राजदूतको निवासको बगैंचामा प्रवेश गर्‍यो, उनीहरूले तीनवटा अटोमोबाइल लिएर गए,’ विदेशमन्त्री एन्टोनियो ताजानीले सिरियाको स्थितिमा परराष्ट्र मन्त्रालयको संकट बैठकपछि पत्रकारहरूसँग भने ।

 

उनले घटनाका क्रममा कुनै हिंसा नभएको बताए ।

Share: