Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महुली लघुवित्तको एफपिओ बाँडफाँट – Lekhanpeeth

महुली लघुवित्तको एफपिओ बाँडफाँट

173
0
Share:

काठमान्डौ/महुली लघुवित्तको एफपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो।

 

जसमा ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। त्यस्तै, नौ जनाले थप एक कित्ता सेयर प्राप्त गरेका छन् भने एक जना आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्। उक्त सेयरमा कुल १६ लाख ९२ हजार एक सय ६ आवेदकले दुई करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए।

 

सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने चार हजार ३३२ आवेदन रद्द भएको बिक्री प्रवन्धकको भनाइ छ।

 

कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रूपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपिओ जारी गरेको हो।

Share: