Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जापानमा बर्डफ्लुको १९औँ प्रकोप,५० हजार कुखुरा नष्ट ! – Lekhanpeeth

जापानमा बर्डफ्लुको १९औँ प्रकोप,५० हजार कुखुरा नष्ट !

131
0
Share:

काठमान्डौ/जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन्।

 

जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ। पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुखुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

 

यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ। इवातेले तीन किलोमिटरको परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पंक्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ।

 

सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त क्षेत्रबाट बाहिर जानबाट रोकिने छ।

Share: