Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त – Lekhanpeeth

अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

159
0
Share:

काठमान्डौ/अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

 

लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ ।

 

अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी भइसकेको छ भने ३० हजार एकड पुर्ण रूपमा ध्वस्त भएको छ । साथै, सो आगलागीमा परी करिब १२ हजार घरमा क्षति पुगेको छ ।

 

जसअनुसार हलिउडका ठुला सेलेब्रेटीका पनि अर्बौ मुल्यका घरहरू ध्वस्त भएका खबर प्राप्त भइरहेका छन् ।

Share: