Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सरकार परिवर्तन हुन्छ भन्नु हल्ला मात्रै : प्रधानमन्त्री – Lekhanpeeth

सरकार परिवर्तन हुन्छ भन्नु हल्ला मात्रै : प्रधानमन्त्री

159
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।

 

कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी उनले कामनासमेत गरेका छन्।

 

प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने स्पष्ट पारेका छन्।

 

 

प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा एमाले र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट पारेका छन्।

Share: