विश्व पौडेलले इमेलबाट दिए राजीनामा

83
0
Share:

काठमाडाैं । गभर्नर समितिका सदस्य अर्थविद् विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन् । उनले इमेलमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा पठाएका हुन्।

अर्थमन्त्री सिफारिस समितिको संयोजक छन् ।

‘डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिनुभएको छ,’ अर्थमन्त्री सचिवालयले पुष्टि गर्दै भन्यो ।

सत्तारुढ दल नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाउने भएपछि उनले राजीनामा दिएको बताइएको छ । यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरे पनि उनको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले अर्को विकल्पमा अघि बढेको हो ।

 

 

Share: