
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ‘मेरो पहिलो बचत खाता’ नामक बचत खाता सार्वजनिक गरेको छ । वित्तीय पहुँच भन्दा बाहिर रहेका ग्राहकहरुका लागि बिशेष ल्याईएको यो बचत खातामा रु १०० को मौज्दात संस्थाले आफ्नो तर्फ़बाट जम्मा गरिदिनेछ ।
हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ ।
फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।