माओवादीले पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

117
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ ।

 

प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा नेताहरूले उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्न तत्काल नफेर्ने तर आवश्यक परे पछि निर्णय लिने बताए ।

 

माओवादीमा शहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न अप्ठेरै भएको भन्दै नेताहरूले नाम र चुनाव चिह्न फेर्नुपर्ने माग राखेका थिए । तर, माओवादी विचार मिल्ने शक्तिसँग एकताको लागि नाम फेर्न तयार रहेको उसले बताउँदै आएको छ ।

Share: