सुनको मूल्य मंगलबार प्रतितोला ७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

105
0
Share:

काठमान्डौ/सुनको मूल्य लगातार घटेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ७०० रुपैयाँ घटेको हो । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३४३ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ४५ पैसामा कारोबार भइरहेको छ ।

Share: