सुनको भाउमा नयाँ रेकर्ड, एक तोलाको डेड लाख

141
0
Share:

काठमान्डौ/सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्यले सोमबार रेकर्ड कायम गरेको हो । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्म कै उच्च हो ।

 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार २२ क्यारेटको सुन १ लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Share: