
काठमान्डौ/हप्ताको पाँचौ दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलाको एक लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सो सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।