Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला – Lekhanpeeth

घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला

262
0
Share:

काठमान्डौ/घोराही सिमेन्टले प्राथमिक सेयर (आईपीओ) पुनः बिक्री खुला गरेको छ । कम्पनीले आज (शुक्रबार)देखि आईपीओ पुनः बिक्री खुला गरेको हो ।

 

असार २४ गतेसम्म यस आईपीओमा आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आईपीओ बिक्री नभए असार ३१ गतेसम्म आईपीओ खुला हुने कम्पनीले जनाएको छ । यस्तै आवेदन रद्द गर्न चाहनेले आजबाट आइतबारसम्म आवेदन रद्द गर्न सक्नेछन् ।

 

यसका लागि सम्बन्धित बैंकमा निवेदन दिनुपर्नेछ । यदि आवेदन दिएको भन्दा बढी कित्ता चाहेमा पनि यही प्रक्रिया अपनाउन सकिनेछ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आईपीओ जारी गरेको हो ।

Share: