सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ४४ हजार पुग्यो

Share:

काठमान्डौ/आज बिहिबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १८ सय रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

 

त्यस्तै, आज तेजावी सुन पनि १८ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यो दिन चाँदीको भाउ भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २३ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २२ हजार ८५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५८६ रुपैयाँ तोकेको छ ।

Share: