
काठमान्डौ/आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ हजार रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज तेजावी सुन पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यो दिन चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।