प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीद्वारा आगजनी

99
0
Share:

काठमान्डौ/मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् ।

 

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् ।

 

गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको । प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेको थियो ।

 

निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगर प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

Share: