Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
छिट्टै नै योग्य र सक्षम व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष हुन्छ : अर्थमन्त्री पौडेल – Lekhanpeeth

छिट्टै नै योग्य र सक्षम व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष हुन्छ : अर्थमन्त्री पौडेल

152
0
Share:

काठमान्डौ/अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन्। उनले मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

 

उनले राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको उल्लेख गरेका छन्। ‘अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पुरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमी कमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’अर्थमन्त्री पौडेलले भने।

 

अर्थमन्त्री पौडेलले धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति पनी छिट्टै हुने बताए।

 

कानून सम्मत र पारदर्शी ढंगले योग्य व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुने र यसका लागि सरकारले छिट्टै प्रक्रिया अगाडि बढाउने उनको भनाई।

Share: