Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग – Lekhanpeeth

संसद्‍मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग

494
0
Share:

काठमान्डौ/प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ। शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिन माग गरे ।

 

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रवि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रवि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ मातहतबाटै भयो । त्यसैले उहाँमाथि छानबिन हुनुपर्छ,’ उनले भने।

 

सहकारी ठगी प्रकरणमा लामिछाने गृहमन्त्री हुँदा कुँवरले राज्य व्यवस्था समितिमा गएर उनीमाथि कुनै प्रमाण नभेटिएको बताएका थिए। लामिछाने गृहबाट हटेपछि यिनै महानिरीक्षक कुँवर मातहतले लामिछानेमाथि प्रमाण खोजेर मुद्दा चलाइरहेको छ।

 

लिङ्देनले लामिछानेको सम्पत्ति छानबिन गरेर भने सरकारले ठिक गरेको बताए। ‘सबैको सम्पत्ति छानबिन गरौं न, किन उहाँको मात्रै,’ उनले भने।

Share: